मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण अब सूचना विभागमै हुने

2.1K
SHARES
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण अब सूचना विभागमै हुने

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत गर्ने निर्णय गरेको छ ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता तथा नवीकरण गर्ने व्यवस्था गरेको थियो, जसप्रति सञ्चार क्षेत्रभित्र विरोध पनि भएको थियो ।

अन्तरिम सरकारले सो निर्णय खारेज गर्दै प्रक्रिया पूर्ववत् अवस्थामा ल्याएको हो । अब अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, छापाखाना तथा प्रकाशन ऐन २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ताको प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको हैसियत तोकिएको छ । त्यसअनुसार अनलाइन सञ्चारमाध्यमहरू अब सीधै सूचना विभागमै दर्ता र नवीकरण गर्न सक्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार १३:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP