मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओस्करमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

1.5K
SHARES
ओस्करमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौं । सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द ओस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अञ्जिला’लाई सिफारिस गरिएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष विमल पौडेलद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष ‘गुन्यू चोलो–द ड्रेस’ र ‘अञ्जिला’ दुई फिल्म प्रतिस्पर्धामा परेका थिए । दुवैको मूल्यांकनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक गहिराइ र कलात्मक शिल्पका आधारमा ‘अञ्जिला’लाई छनोट गरिएको उल्लेख छ ।

मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी पूर्व कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनकथा आधारित हो । फिल्म गत वर्ष फागुन २९ मा रिलिज भएको थियो र बक्सअफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो ।

फिल्ममा एञ्जिला तुम्बापो सुब्बासहित दयाहाङ राई, सृजना सुब्बा, सुनील थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ र प्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन् । निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत फिल्म ओस्करमा सिफारिस भएकोमा खुसी व्यक्त गर्दै समितिलाई धन्यवाद दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ४, शनिबार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP