मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अस्थायी रूपमा रोकियो

1.4K
SHARES
सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अस्थायी रूपमा रोकियो

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । विभागले आइतबार जारी गरेको सूचना अनुसार अर्को सूचना नआउँदासम्म सबै सूचना प्रविधिसम्बन्धी प्रणाली पनि बन्द रहनेछ ।

विभागका अनुसार, हालै भएको तोडफोड, आगजनी तथा चोरी, लुटपाटका घटनाका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको छ । यसकारण सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी (eDLVRS) सेवा अवरुद्ध भएको विभागले स्पष्ट पारेको छ ।

सूचनामा भनिएको छ, “विषम परिस्थितिका कारण सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायत सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अर्को सूचना जारी नभएसम्म बन्द रहनेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०८:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP