मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुकिला नोट वितरण सुरु, असोज १० गतेसम्म सटही गर्न सकिने

1.8K
SHARES
सुकिला नोट वितरण सुरु, असोज १० गतेसम्म सटही गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि राजनीतिक सङ्क्रमणका कारण नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको थियो । तर, राष्ट्र बैंक तथा वाणिज्य बैंकहरूको भौतिक संरचना ठूलो क्षति नपाएकोले तोकिएको समयमै नोट वितरण गर्न सकिने अवस्था रहेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए ।

साना दरका नोट सटहीका लागि काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागका साथै प्रदेशका कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा व्यवस्था मिलाइएको छ । साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट पनि नोट सटही गर्न सकिने छ ।

यसपालि पाँच रुपैयाँ दरको नोट नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैंक, नजिकको वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई सुकिला नोट सटही गर्न सक्नेछन् ।

राष्ट्र बैंकले अघिल्लो वर्षदेखि नयाँ नोटको सट्टा सुकिला नोट बाँड्न थालेको हो । यसरी सुकिला नोट बाँड्दा वार्षिक करिब १ अर्ब ३० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP