मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कार्की अन्तरिम सरकार प्रमुख नियुक्त, देशले पायो पहिलो महिला कार्यकारी नेतृत्व

2.5K
SHARES
कार्की अन्तरिम सरकार प्रमुख नियुक्त, देशले पायो पहिलो महिला कार्यकारी नेतृत्व

काठमाडौं । नेपालले आफ्नो इतिहासमा पहिलो पटक महिलाको कार्यकारी नेतृत्व पाएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमतिसँगै देशको नेतृत्व महिलाको हातमा गएको हो ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा भएको सहमतिपछि कार्कीले केहीबेरमै शपथ लिने तय भएको छ । कार्की यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी छिन् ।

अवकाशको करिब आठ वर्षपछि उनी फेरि उच्च जिम्मेवारीमा फर्किएकी हुन् । यसपटक देशको कार्यकारी प्रमुखका रूपमा उनले नयाँ इतिहास रचेकी छन् ।

न्यायपालिकामा हुदाँ हक्की, निडर र इमानदार स्वभावकी रूपमा चर्चामा आएकी कार्कीलाई मुलुक संकटमा रहेका बेला नेतृत्वको जिम्मेवारी दिइएको हो ।

सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न सङ्कटले देशका तीनवटै शक्ति (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका) प्रभावित भएका थिए । यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले सेना प्रमुख लगायत सरोकारवालाहरूसँग परामर्श गरी अन्तरिम सरकारको नेतृत्व कार्कीलाई सुम्पने सहमति जुटाएका हुन् ।

अहिलेको संक्रमणकालीन अवस्थामा कार्कीको नेतृत्वमा बन्ने सरकारले मुलुकलाई स्थायित्वतर्फ डोर्याउने र आगामी निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP