मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन जीको प्रदर्शनमा १९ को मृत्यु, ३०० भन्दा बढी घाइते

2.9K
SHARES
जेन जीको प्रदर्शनमा १९ को मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौं । आइतबार भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार प्रहरीबाट प्राप्त विवरणका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

प्रवक्ता काफ्लेले भने, ूमन्त्रालयलाई प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार हालसम्म १९ जनाको ज्यान गएको पुष्टि भएको छ, साथै ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।ू उनले आन्दोलनको क्रममा हिंसात्मक झडप भएका ठाउँहरूमा सुरक्षाकर्मी परिचालन अझै जारी रहेको जानकारी पनि दिएका छन् ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार, देशभरका विभिन्न १३ अस्पतालमा हालसम्म ३४७ जना घाइतेको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सरकारले स्थिति नियन्त्रणमा लिन विभिन्न सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखेको छ भने स्वास्थ्य सेवा प्रवाहमा कुनै अवरोध नआओस् भनेर अस्पतालहरूमा आपतकालीन तयारी गरिएका छन् । आन्दोलन चर्किंदै गएपछि यसको मानवीय र राजनीतिक प्रभाव थप गहिरिंदै गएको देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार १५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP