मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि, गोदावरीस्थित सनराइज सभा हलमा उद्घाटन

1.8K
SHARES
एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि, गोदावरीस्थित सनराइज सभा हलमा उद्घाटन

ललितपुर । सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बिहान ११ बजेबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज सभा हलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीका अनुसार महाधिवेशनमा २,०२६ प्रतिनिधि र ३१५ आयोजक गरी कुल २,३४१ जना सहभागी हुनेछन् ।

एमालेले यसपटक परम्परागत शैली तोड्दै उद्घाटन, स्वागत र शुभकामना मन्तव्यजस्ता कार्यक्रम नगर्ने जनाएको छ । उद्घाटन समारोह जम्मा १२ मिनेटमै सकिनेछ ।
मङ्गल धुन, सहिद सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत बजाइने छ । सभा हलभित्र धुनहरू बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट निर्माण गर्नेछन्, जसको लाइभ प्रस्तुति हलभित्र देखाइनेछ ।

महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्मराज अधिकारीअनुसार सभा हलको सीट संख्या २८ सय ४० रहेको छ ।

महाधिवेशन हलभित्र छिर्ने ४ वटा प्रवेश द्वार बनाइएका छन् । पहिलो द्वारबाट ओलीको मात्रै प्रवेश हुनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।

परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् । अन्तिम प्रवेशद्वारबाट क्याटरिङ्गका लागि खाद्यन्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ । दोस्रो र तेस्रो प्रवेश द्वारबाट महाधिवेशन हल छिर्नासाथ ओलीको पूर्ण कदको तस्बिर र विधान महाधिवेशनको लोगो राखिएको छ । हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ ।

सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ। प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ ।

मञ्चमा १८ जना पदाधिकारीहरू मात्रै बस्ने व्यवस्था गरिनेछ । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नेछन् भने अन्य पदाधिकारी पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसलगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २०, शुक्रबार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP