मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि आज अन्तिम दिन

1.2K
SHARES
फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि आज अन्तिम दिन

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि दिएको समयसीमा आज बेलुकी १२ः०० बजे समाप्त हुँदैछ । भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सरकारले नेपालमा सञ्चालनमा रहेका र नेपाल प्रवेशको तयारीमा रहेका सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण गर्नुपर्ने निर्देशन दिएको थियो ।

दर्ता नभए बन्द गर्ने चेतावनी
मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता हुन नआए सामाजिक सञ्जाललाई नेपालमा बन्द गरिने चेतावनी सरकारले दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार दिउँसो पौने ४ बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सूचीकरणका लागि सम्पर्कमा आएको छैन ।

“राति १२ बजेसम्म समय बाँकी छ । यदि इमेलमार्फत जानकारी पठाए भने बन्द हुँदैन, नत्र सर्वोच्चको आदेशअनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन्छ,” ठाकुरले भने ।

अघिल्ला निर्णय र अनुभव
यसअघि सरकारले टेलिग्रामलाई निष्क्रिय बनाइसकेको थियो । सोभन्दा अघि टिकटकलाई पनि बन्द गरिएको थियो । तर टिकटकले नेपालमा सूचीकरण गरेपछि हाल पुनः सञ्चालनमा आएको छ ।

लक्षित सञ्जालहरू
फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्ट्राग्रामलगायत प्रमुख सामाजिक सञ्जाललाई नेपालमा अनिवार्य सूचीकरण गर्न भनिएको हो । सरकारका अनुसार पटक–पटक पत्र पठाउँदा अटेर गरेपछि यसपटक मन्त्रिपरिषद्ले कडा निर्णय लिएको हो ।

मन्त्रिपरिषद्को निर्णय
गत बुधबार मन्त्रीपरिषद्का प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८०’ र सर्वोच्च अदालतको आदेशबमोजिम सात दिनभित्र सूचीकरण गर्न आह्वान गरिएको जानकारी दिएका थिए । उनका अनुसार तोकिएको अवधिमा सम्पर्कमा नआउने वा सूचीकरण नगर्ने सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराइनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP