मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौ १६ः इराकमा १२ नेपालीको विभत्स हत्या भएको त्यो कालो दिन

2.7K
SHARES
भदौ १६ः इराकमा १२ नेपालीको विभत्स हत्या भएको त्यो कालो दिन

काठमाडौं । आज भदौ १६ गते, इराकमा आतंकवादी आक्रमणमा परी १२ जना नेपालीले ज्यान गुमाएको दिन स्मरण गरिँदैछ । वैदेशिक रोजगारीका लागि इराक पुगेका ती नेपालीको विभत्स हत्या भएको आज २१ वर्ष पूरा भएको छ ।

२०६१ साल भदौ ४ गते खाना पकाउने र सरसफाइको कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका उनीहरूलाई आतंकवादी संगठन अन्सर अल सुन्नाले अपहरण गरेको थियो । अपहरणमा परेका नेपालीले जीवनरक्षाका लागि नेपाल सरकारसँग अपिल गरेको भिडियोसमेत सार्वजनिक भएको थियो ।

नेपाल सरकारले इराकी सरकारमार्फत निरन्तर पहल गरे पनि भदौ १५ गते साँझ अन्सर अल सुन्नाले १२ नेपालीको टाउको काटी र गोली हानी हत्या गर्यो । केहीबेरमै उनीहरूको मृत शरीर देखाइएको भिडियो सार्वजनिक भयो, जसले नेपालभर त्रासदी र आक्रोश फैलायो ।

भदौ १६ गते काठमाडौं उपत्यका स्वतःस्फूर्त आन्दोलनले भरियो । सर्वसाधारणले सरकारप्रति असन्तुष्टि जनाए र वैदेशिक रोजगारी पठाउने म्यानपावर कम्पनीमाथि आक्रोश उतारे । त्यतिबेला राजधानीका धेरै म्यानपावर कार्यालयमा तोडफोड भयो भने सञ्चारगृह र धार्मिक प्रतिष्ठान समेत आक्रमणको निशाना बने ।

आन्दोलन तीव्र बन्दै जाँदा मुस्लिम समुदायका पवित्र स्थलदेखि व्यापारी र सर्वसाधारण व्यक्तिसमेत हिंसाको शिकार भए । त्यतिबेला कान्तिपुर दैनिक र स्पेसटाइम दैनिकमाथि पनि आक्रमण भएको थियो, जसपछि स्पेसटाइम दैनिक स्थायी रूपमा बन्द भएको थियो ।

वैदेशिक रोजगारीमा बाध्य भएर विदेशिएका निर्दोष नेपालीले भोगेको उक्त विभत्स घटना आज पनि पीडादायी स्मृतिका रूपमा बाँकी छ । भदौ १६, २०६१ को त्यो दिन नेपाली इतिहासकै कहिल्यै नबिर्सिने कालो दिन बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १६, सोमबार ०४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP