मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिन्धुपाल्चोकमा फार्ममा आगलागीः ५० बाख्रा मरे, एक व्यक्ति घाइते

1.7K
SHARES
सिन्धुपाल्चोकमा फार्ममा आगलागीः ५० बाख्रा मरे, एक व्यक्ति घाइते

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ । बिहान करिब साढे ८ बजे भएको आगलागीमा ५० बाख्रा जलेर मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार विमला श्रेष्ठको नाममा दर्ता गरिएको उक्त फार्ममा कुल ८५ बाख्रा थिए । तीमध्ये ५० वटा जलेर मरेका, ६ वटा घाइते भएका र २९ वटा सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा स्थानीय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेकाले चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो पूर्ण नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP