मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुन सक्रिय, सुदूरपश्चिममा मुसलधारे वर्षाको उच्च जोखिम

2.5K
SHARES
देशभर मनसुन सक्रिय, सुदूरपश्चिममा मुसलधारे वर्षाको उच्च जोखिम

काठमाडौं । मनसुनको न्यून चापीय रेखा अहिले तराई नजिक भएकाले आगामी २४ घण्टासम्म मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका अधिकांश भूभागमा आकाश पूर्ण रूपमा बादलले ढाकिनेछ ।

मधेस प्रदेशसहित कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थुप्रै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । यीमध्ये केही स्थानमा भारी वर्षा र छिटफुट क्षेत्रमा मुसलधारे वर्षा पर्न सक्ने विभागको अनुमान छ । कर्णाली प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आकाश पूर्ण रूपमा बादलमय रहनेछ भने अन्य भागमा आंशिकदेखि सामान्य बादल रहनेछ । गण्डकी र कर्णालीका पहाडी इलाकासहित लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ ।

विशेषगरी सुदूरपश्चिमका पहाडी तथा तराईका केही क्षेत्रमा अत्यधिक वर्षा पर्न सक्ने खतरा छ । लुम्बिनीको तराई, गण्डकी र कर्णालीका पहाडी भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०४:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP