मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बानियाँको नेतृत्वमा बागमती सरकार गठन, आठ मन्त्रीले लिए शपथ

2.3K
SHARES
बानियाँको नेतृत्वमा बागमती सरकार गठन, आठ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । बानियाँसहित आठ जना मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा देवकोटाले संविधानको धारा १६८९२० बमोजिम कांग्रेस संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । उनले नेकपा एमालेका छ र आफ्नै पार्टीका दुई गरी आठ मन्त्री सिफारिस गरेका थिए । सिफारिसअनुसार प्रदेश प्रमुखले मन्त्रीहरू नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूमा एमालेबाट दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार), जयराम थापा (श्रम तथा रोजगार), भरतबहादुर केसी (वन तथा वातावरण), मधुसुदन पौडेल (कृषि तथा पशुपक्षी), बिन्दु श्रेष्ठ (उद्योग) र किरण थापा मगर (स्वास्थ्य) रहेका छन् ।

त्यस्तै, कांग्रेसबाट कृष्णबहादुर तामाङ खानेपानी मन्त्रीका रूपमा र शिवराज अधिकारी अर्का मन्त्रीका रूपमा सरकारमा सहभागी भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार १२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP