मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्यात वृद्धिमा ऐतिहासिक सफलताः प्रधानमन्त्री ओली

2.5K
SHARES
निर्यात वृद्धिमा ऐतिहासिक सफलताः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापार इतिहासकै नयाँ कीर्तिमानमा पुगेको दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत एक सन्देश प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले चालु वर्षमा देशले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गरेको उल्लेख गरेका छन् ।

‘यस वर्ष निर्यातमा ऐतिहासिक सफलता हासिल गरेका छौं,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘२ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं ।’

उनले अघिल्लो वर्षको तथ्यांक प्रस्तुत गर्दै आफ्नो नेतृत्वको सरकार आएपछि निर्यात दर उल्लेख्यरूपमा वृद्धि भएको बताएका छन्।

‘हामी सरकारमा आउनुअघि अघिल्लो आर्थिक वर्षमा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँमा सीमित थियो,’ उनले उल्लेख गरेका छन्, ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले बढेको छ ।’

प्रधानमन्त्री ओलीको दाबी अनुसार यो वृद्धिले नेपालको निर्यात इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रगति दर्शाउँछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ०५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP