मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उधारो सेयर कारोबारमा रोक लगाउँदै धितोपत्र बोर्ड

2.2K
SHARES
उधारो सेयर कारोबारमा रोक लगाउँदै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत उधारोमा सेयर कारोबारमा कडाइ गर्ने भएको छ ।

हाल अनलाइनमार्फत सेयर खरिद गर्दा लगानीकर्ताले कुल खरिद मूल्यको २५ प्रतिशत रकम जम्मा गरेपछि मात्रै आदेश दिन मिल्छ । तर, भौतिक रूपमा वा फोनमार्फत अर्डर दिने लगानीकर्ताले भने कुनै रकम नजम्क्याईकन पनि सेयर किन्ने आदेश गर्न सक्छन् ।

यद्यपि कारोबार सम्पन्न भएपछि दुई दिनभित्र आवश्यक रकम भुक्तानी गर्नु अनिवार्य छ । व्यवहारमा भने ब्रोकरहरूसँग राम्रो सम्बन्ध भएका केही लगानीकर्ताहरूले तोकिएको समयमै रकम तिर्न आलटाल गर्ने गरेका छन् । यस्तो अवस्थामा ब्रोकरले उनीहरूको तर्फबाट अस्थायी रूपमा रकम तिर्दिने गरेका छन्, किनभने निर्धारित समयमा भुक्तानी नहुँदा सेटलमेन्ट प्रक्रियामा समस्या आउन सक्छ ।

अब भने, बोर्डले स्पष्ट व्यवस्था गर्ने तयारी गरेको छ— लगानीकर्ताले कारोबार गर्न चाहेको खाता (बैंक खाता वा ट्रेडिङ खाता) मा पर्याप्त रकम लोड नगरेसम्म सेयर खरिद आदेश निष्पादन नहुने । यसले उधारो कारोबार प्रणालीमा रोक लगाउने उद्देश्य राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०७:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP