मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१२ गाउँपालिकाको बजेट अझै स्वीकृत हुन सकेन, अधिकांश मधेस प्रदेशका

2.7K
SHARES
१२ गाउँपालिकाको बजेट अझै स्वीकृत हुन सकेन, अधिकांश मधेस प्रदेशका

काठमाडौं । असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने संवैधानिक म्याद गुज्रिसक्दा पनि देशका १२ वटा गाउँपालिकाले अझै बजेट स्वीकृत गर्न सकेका छैनन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, कुल ४६० गाउँपालिकामध्ये ४४८ ले मात्रै आगामी वर्षको बजेट पारित गरेका छन्, जुन ९७ प्रतिशत हो । बाँकी १२ गाउँपालिका भने बजेट बिना नै नयाँ आर्थिक वर्षमा प्रवेश गरेका छन् ।

बजेट पारित गर्न नसक्ने गाउँपालिकामध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा परेका छन् । त्यहाँका ५९ मध्ये ८ वटा गाउँपालिकाले असार मसान्तभित्र बजेट स्वीकृत गर्न सकेनन् । यसले गर्दा मधेसमा बजेट स्वीकृत हुने दर ८६ प्रतिशतमा सीमित भएको महासंघले जनाएको छ ।

बागमती प्रदेशका दुई गाउँपालिका र लुम्बिनी तथा सुदूरपश्चिमका एक–एक गाउँपालिकाले पनि बजेट पेस नगरेको विवरणमा उल्लेख छ । तर कोशी, गण्डकी र कर्णाली प्रदेशका सबै गाउँपालिकाले भने समयमै बजेट पारित गरी शतप्रतिशत सफलता हासिल गरेका छन् ।

महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेट स्वीकृत नगरेका स्थानीय तहहरूलाई तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन र वित्तीय अनुशासन कायम राख्न यथाशीघ्र बजेट प्रक्रिया टुंग्याउनु जरुरी छ ।’

संविधानअनुसार, सबै स्थानीय तहहरूले असार १० गतेभित्र बजेट प्रस्तुत गरी असार मसान्तसम्म पारित गरिसक्नुपर्छ । तर समयमै बजेट पारित नहुँदा विकास योजनाका कार्यान्वयनमा ढिलाइ हुने र प्रशासनिक कामकाजमा कानुनी अवरोध देखा पर्ने खतरा विज्ञप्तिमा औंल्याइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १, बिहीबार ०५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP