मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

केन्द्रीय सर्भर स्थानान्तरणका कारण सोलुखुम्बु नापी कार्यालयको सेवा अस्थायी रूपमा बन्द

2.5K
SHARES
केन्द्रीय सर्भर स्थानान्तरणका कारण सोलुखुम्बु नापी कार्यालयको सेवा अस्थायी रूपमा बन्द

ओखलढुंगा । सोलुखुम्बु जिल्ला नापी कार्यालयले केही दिनका लागि आफ्नो नियमित सेवा स्थगित हुने जानकारी दिएको छ । एक सार्वजनिक सूचनामार्फत कार्यालयले आगामी असार २० गते शुक्रबार दिउँसो १२ बजेबाट असार २२ गते आइतबार बिहान १० बजेसम्म सेवा बन्द रहने जनाएको हो ।

कार्यालयका अनुसार नक्सा प्रिन्ट, कित्ताकाट जस्ता कार्यहरूका लागि प्रयोग हुँदै आएको ‘नेलिस (NELIS)’ प्रणालीलाई केन्द्रीय सर्भरमा स्थानान्तरण गर्नु पर्ने भएकोले उक्त अवधि अवधिभर सेवा अवरुद्ध रहनेछ ।

कार्यालय प्रमुख इञ्जिनियर प्रमोद गुरागाईंको हस्ताक्षर रहेको सूचनामा सेवा स्थगनका कारण असुविधा भोग्न सक्ने सेवाग्राहीहरूलाई माफी माग्दै, आवश्यक जानकारीका लागि कार्यालयको सम्पर्कमा रहन आग्रह गरिएको छ ।

उक्त प्रणाली स्थानान्तरण कार्य सम्पन्न भएपछि पुनः सबै सेवा सुचारु गरिने र स्थायित्व तथा कार्यदक्षता बढ्ने अपेक्षा गरिएको छ । सेवाग्राहीहरूले असार २२ गते बिहान १० बजेपछि मात्र सेवा लिन जान अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार ०७:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP