मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

767
SHARES
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले काठमाडौंको महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

जबराविरुद्ध परेको उजुरीको विषयवस्तु र आरोपबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।

प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका आरोप लागेपछि जबरा विवादमा परेका थिए । त्यसपछि नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीले उनको राजीनामा माग गर्दै लामो समय आन्दोलन गरेका थिए ।

जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो । संसद्को अभिलेखअनुसार उक्त प्रस्तावमा उनीमाथि पदीय जिम्मेवारीविपरीत कार्य, संविधान तथा कानुनको गम्भीर उल्लङ्घन र खराब आचरणलगायतका आरोप लगाइएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ११, आईतवार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP