मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनी वायुको प्रभाव: सातै प्रदेशमा वर्षाको सम्भावना

897
SHARES
मनसुनी वायुको प्रभाव: सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थान आसपास रहेकाले अधिकांश भूभागमा बदलीसँगै वर्षाको अवस्था देखिएको हो ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

तराई क्षेत्रमा पनि वर्षाको गतिविधि रहने महाशाखाले जनाएको छ । मधेससहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी र लुम्बिनीका केही स्थानमा तथा सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

यसैबीच, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेससहित बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज रातिसमेत देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका केही र तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २५, बिहीबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP