मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार

793
SHARES
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका दुई श्रमिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाको उद्धार टोलीले लामो प्रयासपछि सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालेको हो ।

सुरुङभित्र फसेका उनीहरूसँग उद्धार टोलीले यसअघि दोहोरो संवाद गर्न सफल भएको थियो । उनीहरू जीवित रहेको पुष्टि भएपछि सेनाको टोलीले उद्धार अभियानलाई थप तीव्र बनाएको थियो ।

लामो समयपछि उद्धार गरिएका दुवै जनालाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १९, शुक्रबार ०४:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP