मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवाको बाढीबारे प्राविधिक प्रतिवेदन: भोटेकोसीदेखि नारायणीसम्म फैलिएको थियो बाढी

260
SHARES
रसुवाको बाढीबारे प्राविधिक प्रतिवेदन: भोटेकोसीदेखि नारायणीसम्म फैलिएको थियो बाढी

काठमाडौं । बुधबार भदौ १० गते बिहान रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीबारे जलस्रोत अनुसन्धान केन्द्रले प्राविधिक प्रतिवेदन तयार पारेको छ । ‘२०८३ भोटेकोसी–त्रिशूली–नारायणी बाढीसम्बन्धी प्राविधिक प्रतिवेदन’मा बाढीको बहाव र त्यसको प्रभाव तल्लो तटीय क्षेत्रसम्म फैलिएको उल्लेख छ ।

प्रतिवेदनअनुसार भदौ १० गते बिहान ९ः०५ बजे रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना बाढी पूर्वानुमान महाशाखाले प्राप्त गरेको थियो । त्यसपछि प्राप्त सूचना र जलसतहसम्बन्धी तथ्यांक विश्लेषण गर्दा बाढी भोटेकोसी हुँदै त्रिशूली नदीमा प्रवेश गरी क्रमशः तल्लो तटीय क्षेत्रमा फैलिएको पाइएको हो ।

महाशाखाले बिहान ९ः१५ बजेदेखि उपलब्ध जलसतह, बाढीको बहावको यात्रा र प्राप्त सूचनाका आधारमा सम्बन्धित जिल्ला, नदी किनारका क्षेत्र तथा जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई पूर्वसूचना र सतर्कता सन्देश प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त पूर्वसूचनाका आधारमा धेरै नागरिकले समयमै सतर्कता अपनाएर आफ्नो ज्यान जोगाउन सफल भएको दाबीसमेत प्रतिवेदनमा गरिएको छ ।

उपलब्ध तथ्यांक तथा सूचनाका आधारमा भोटेकोसीमा प्रवेश गरेको ठूलो बाढी त्रिशूली नदी हुँदै नारायणीको देवघाट क्षेत्रसम्म पुगेको केन्द्रले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ११, बिहीबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP