मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना

13
SHARES
मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका अधिकांश भू-भागमा बदलीसँगै वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले पनि सरदर स्थानकै आसपासमा रहेको छ ।

हाल कोशी र लुम्बिनी प्रदेशका सबै क्षेत्रमा सामान्य बदली देखिएको छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा पनि मौसम बदली भएको छ । मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रमा केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । पहाडी र तराई क्षेत्रका धेरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कर्णालीको पहाडी र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २५, सोमबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP