मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

होर्मुज जलघाँटी अनिश्चितकालका लागि बन्द गर्ने इरानको घोषणा

299
SHARES
होर्मुज जलघाँटी अनिश्चितकालका लागि बन्द गर्ने इरानको घोषणा

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलघाँटी अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ । आईआरजीसीले अनधिकृत मार्गबाट जलघाँटी पार गर्ने प्रयास भएको भन्दै चेतावनीस्वरूप एक जहाजमाथि गोली चलाएपछि यस्तो निर्णय गरिएको जनाएको हो ।

स्थानीय समयअनुसार आइतबार बिहान आईआरजीसीको नौसैनिक शाखाले जारी गरेको विज्ञप्तिमा विदेशी शक्तिहरूको हस्तक्षेपले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको आरोप लगाइएको छ । उक्त विज्ञप्ति आईआरजीसीसँग निकट मानिने अर्धसरकारी तस्निम समाचार एजेन्सीको अरबी संस्करणले सार्वजनिक गरेको हो ।

आईआरजीसीका अनुसार केही जहाजहरूले निर्धारित समुद्री मार्गको सट्टा अनधिकृत बाटो प्रयोग गरी जलघाँटी पार गर्न खोजेका थिए । तीमध्ये एक जहाजलाई रोक्न चेतावनीस्वरूप गोली चलाइएको बताइएको छ ।

विज्ञप्तिमा बाह्य शक्तिहरूको गैरकानुनी हस्तक्षेपका कारण सुरक्षा जोखिम बढेको उल्लेख गर्दै अमेरिकाको क्षेत्रीय हस्तक्षेप अन्त्य नभएसम्म कुनै पनि जहाज वा नौसैनिक साधनलाई होर्मुज जलघाँटी पार गर्न अनुमति नदिइने स्पष्ट पारिएको छ ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिका–इरानबीच युद्धविरामसम्बन्धी वार्ता जारी रहने संकेत दिएका थिए । उनले युद्धविराम कायम रहँदा पनि आवश्यक परे इरानविरुद्ध सैन्य कारबाही जारी राख्दै कूटनीतिक वार्तालाई अघि बढाउन सकिने धारणा व्यक्त गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २८, आईतवार ०१:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP