मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिफा विश्वकप २०२६: जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सको गोल वर्षा

299
SHARES
फिफा विश्वकप २०२६: जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सको गोल वर्षा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’मा जर्मनीले आइभरी कोस्टमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा जर्मनीले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो ।

खेलको ३०औँ मिनेटमा फ्रान्क केसिईले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको जर्मनीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्कियो ।

६०औँ मिनेटमा मैदान प्रवेश गरेका डेनिज उन्डव जर्मनीका नायक बने । उनले ६८औँ मिनेटमा बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाए ।

पहिलो खेलमा कुरासाओलाई ७–१ ले हराएको जर्मनीले लगातार दोस्रो जितसँगै ६ अंक जोड्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आइभरी कोस्टले भने पहिलो खेलमा इक्वेडरलाई १–० ले हराएको थियो ।

उता समूह ‘एफ’ मा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ को फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको ह्युस्टनमा भएको खेलमा नेदरल्यान्ड्सले सुरुदेखि नै दबाब बनाउँदै स्विडेनलाई निरुत्तर पार्यो ।

ब्रायन ब्रोबीले खेलको ५औँ र १७औँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए । त्यसपछि कोडी गाक्पोले ४७औँ र ५४औँ मिनेटमा लगातार दुई गोल थप्दै अन्तर ४–० बनाए ।

स्विडेनका एन्थोनी एलांगाले ५९औँ मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त बन्न सकेन । खेलको अन्त्यतिर ८९औँ मिनेटमा जाइभेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको जितलाई ५–१ मा पुर्‍याए ।

यस नतिजापछि नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा पुगेको छ भने स्विडेनको नकआउट सम्भावना अन्तिम खेलमा जापानविरुद्धको नतिजामा निर्भर बनेको छ । नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेल ट्युनिसियाविरुद्ध खेल्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ७, आईतवार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP