मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

औपचारिक कार्यक्रमबाट टाढा रहने मन्त्री पुनको घोषणा

1.6K
SHARES
औपचारिक कार्यक्रमबाट टाढा रहने मन्त्री पुनको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा निमन्त्रणा नपठाउन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उद्घाटन, शिलान्यास वा अन्य औपचारिक समारोहका निम्तो अस्वीकार गर्दै आफ्ना सम्पूर्ण प्रयास काममा केन्द्रित गर्ने संकेत गरेका हुन् ।

‘कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन र शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला,’ पुनले लेखेका छन् ।

उनका अनुसार उनी अनावश्यक औपचारिकताभन्दा वास्तविक काममा ध्यान केन्द्रित गर्न चाहन्छन् । पुनले हालै युनेस्कोको उज्बेकिस्तानमा भएको महासभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत नगएको उदाहरण दिँदै आफू केवल अत्यावश्यक र नगई नहुने कार्यहरूमा मात्र संलग्न हुने बताएका छन् ।

विदेश भ्रमणका विषयमा फैलिएका हल्लाबारे पनि उनले प्रष्ट पार्दै, “कसैले विदेशी भ्रमण गरे भने पनि त्यो अत्यावश्यक सरकारी कामकै सिलसिलामा हो, त्यसलाई ‘घुम्न गयो’ भनेर नबुझ्न आग्रह गर्दछु,” भनेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनले मन्त्री बनेपछि फरक कार्यशैली र व्यवहारिक दृष्टिकोणका कारण व्यापक ध्यान तानेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १०, सोमबार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP