मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज देशभर मिश्रित मौसम: पहाडमा वर्षाको सम्भावना, तराईमा बढ्ने गर्मी

286
SHARES
आज देशभर मिश्रित मौसम: पहाडमा वर्षाको सम्भावना, तराईमा बढ्ने गर्मी

काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसमको अवस्था प्रभावित बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागसहित कोशी र बागमती प्रदेशका उच्च क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ । देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

यता कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने भएकाले तातो दिनको अनुभव हुन सक्ने चेतावनी दिइएको छ ।

आज राति भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ । हिमाली क्षेत्रमा सामान्य तथा पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने अनुमान छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग र बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP