मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद्प्रति सरकार गैरजिम्मेवार रहेको सांसद साम्पाङको आरोप

1.4K
SHARES
संसद्प्रति सरकार गैरजिम्मेवार रहेको सांसद साम्पाङको आरोप

काठमाडौं । हर्कराज राई (साम्पाङ) ले सरकार संसद्प्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै विरोधका कार्यक्रम निरन्तर जारी रहने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित हुनु गलत प्रवृत्ति भएको टिप्पणी गरे । उनले संसद् जनताका आवाज उठाउने थलो भएकाले सरकारले त्यसप्रति जिम्मेवार हुनुपर्ने धारणा राखे ।

सदन सञ्चालन भएको सात दिनसम्म आफ्नो पार्टीले पर्चा र पम्प्लेटसहित निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै उनले सरकारको रवैया नसुध्रिए आन्दोलन नरोकिने चेतावनी दिए ।

राईले संसद्को नियमावली सरकारका हकमा प्रभावकारी रूपमा लागू नभएको आरोप पनि लगाए । प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म संसद्बाटै आएको भन्दै उनले सदनप्रति उनीहरूको जवाफदेहिता अनिवार्य हुने बताए ।

उनले सभामुख डोलप्रसाद अर्याल लाई प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्मा उपस्थित गराउन रुलिङ गर्न आग्रह गरे ।

यसअघि लगातारको अवरोध र विरोधका कारण सभामुख अर्यालले कारबाहीको चेतावनी दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP