मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनमत–संग्रहको सन्देशसहित एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

1.7K
SHARES
जनमत–संग्रहको सन्देशसहित एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित कार्यक्रममा घोषणा–पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा–पत्रमा एमालेले विगतमा सरकारको नेतृत्व गर्दा गरेका उपलब्धिहरू र आगामी कार्ययोजनाको विस्तृत खाका प्रस्तुत गरेको छ । लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत पूर्वाधार विकासका कामहरू आफ्नो नेतृत्वमा सम्पन्न भएको दाबी पार्टीले गरेको छ ।

एमालेले तत्काल कार्यान्वयन गर्ने ११ प्राथमिक काम, ५ आधारभूत घोषणा तथा समृद्धिका २५ स्तम्भलाई मुख्य नीतिगत एजेन्डाका रूपमा अघि सारेको छ । यी कार्यक्रममार्फत स्थायित्व, विकास र सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेका सिंहदरबार र सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरू पुनर्निर्माण गर्ने काम निश्चित समयसीमाभित्रै अघि बढाइने प्रतिबद्धता पनि घोषणा–पत्रमा गरिएको छ ।

घोषणा–पत्रमा एमालेले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई देशको भविष्य निर्धारण गर्ने जनमत–संग्रहका रूपमा व्याख्या गरेको छ । “यो निर्वाचन पुस्तान्तरणको होइन, देश बनाउने र भत्काउनेबीचको जनमत–संग्रह हो । यो राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष हो,” घोषणा–पत्रमा उल्लेख छ ।

हेर्नुहोस् घोषणा–पत्र



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ७, बिहीबार ०८:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP