मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फरार कैदीबन्दीहरूलाई प्रहरीको अपिलः सम्पर्कमा आउन अनुरोध

3.2K
SHARES
फरार कैदीबन्दीहरूलाई प्रहरीको अपिलः सम्पर्कमा आउन अनुरोध

काठमाडौं । हालैको अस्थिर स्थितिपछि कारागार तथा प्रहरी हिरासतबाट फरार भएका कैदीबन्दी तथा थुनुवाहरूलाई नेपाल प्रहरीले स्वेच्छिक रूपमा सम्पर्कमा आउन अनुरोध गरेको छ ।

बिहीबार प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा फरार रहेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षासम्बन्धी कार्यालयहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

भदौ २३ गते भएको प्रदर्शनपछि देशका विभिन्न स्थानमा अस्थिरता बढेको थियो । त्यसको प्रत्यक्ष प्रभाव कारागार प्रणालीमा पनि देखियो । प्रहरी हिरासत तथा कारागारहरूबाट सयौं कैदी थुनुवा फरार भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार १३:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP