मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जन्ती बस दुर्घटना: मृतक संख्या १३ पुग्यो, ३४ घाइते उपचाररत

1.2K
SHARES
जन्ती बस दुर्घटना: मृतक संख्या १३ पुग्यो, ३४ घाइते उपचाररत

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । बिहीबार साँझ करिब साढे ७ बजे पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर फर्किँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडबाट सडकभन्दा झन्डै सय मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको गएराति डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपककुमार रायले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने अधिकांश व्यक्तिहरू बेहुलाका काका, भाइ तथा नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेलधुरा तथा आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

मृत्यु हुनेहरूमा वित्थडचिर गाउँपालिका–७ का केशवराज जोशी (४०), अशोकराज जोशी (१३), नरेशराज जोशी (४२), विष्णुदत्त जोशी (४१), वसन्त जोशी (२४), विसनदत्त जोशी (१७), दीपकराज जोशी (२८), किसनदत्त जोशी (४६), जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रतला (४०), केदारस्यूँ गाउँपालिका–७ का केशवराज भट्ट (२७) र मोहनदेव भट्ट (६०) तथा पुर्चौडी नगरपालिका–७ की सुशील जोशी (१४) र पुष्पा अवस्थी (४०) रहेका छन् ।

घाइतेहरूमा उर्मिला जोशी (१४), नन्दलाल कोइराला (५२), धनपती अवस्थी (४५), चन्द्रा अवस्थी (४६), कलबती अवस्थी (४७), पुष्करराज जोशी (१७), प्रतिभा जोशी (उमेर उल्लेख नभएको), बिजयराज जोशी (४६), प्रेमराज जोशी (१३), छतेश्वरी जोशी (१७), हरि बोहरा )४०), प्रतिक जोशी (१३), रेनुका जोशी (१४), सरिता अवस्थी (३७), पदमराज जोशी (४६), दिनेश जोशी (२१), अमृत जोशी (११), प्रबेश जोशी (८), मनिषा जोशी (१२), गेहेन्द्रराज जोशी (५५), शंकरदत्त जोशी (६०), रगुना अवस्थी (५८), आरति जोशी (१७), कृष्णदत्त जोशी (५०), मनोज जोशी (२२), बिरबहादुर धामी (३८), कृष्णा जोशी (३१), जानकी भट्ट (१८), किरण अवस्थी (१८), कमलप्रशाद जोशी (२०), उत्सवराज जोशी (१८), नमराज जोशी (५०), हेटेश्वरी कुमारी जोशी (१९) र बिपिन जोशी (१३) रहेका छन् ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २३, शुक्रबार ०६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP