मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेस प्रदेश सभामा आज सभामुख निर्वाचन, दुई उम्मेदवार मैदानमा

2.2K
SHARES
मधेस प्रदेश सभामा आज सभामुख निर्वाचन, दुई उम्मेदवार मैदानमा

काठमान्डु । मधेस प्रदेश सभाको सभामुख चयनका लागि आज (आइतबार) निर्वाचन हुने भएको छ । सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यले उम्मेदवारी दर्ता गराएसँगै आजै मतदान प्रक्रिया अघि बढाइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका प्रवक्ता विपिन ठाकुरका अनुसार सत्तारुढ सात दलीय गठबन्धनका तर्फबाट जसपा नेपालका रामअशिष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको थियो ।

जसपा नेपालका प्रमुख सचेतकसमेत रहेका रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक रहेका छन् । सभामुखमा उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उता, नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका त्रिलोकी प्रसादको प्रस्तावकमा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल रहेका छन् । एमाले संसदीय दलको बैठकले प्रसादलाई सभामुखका लागि आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

आज हुने निर्वाचनले मधेस प्रदेश सभाको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लाग्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ६, आईतवार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP