मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ को प्रतिनिधिसभा चुनाव: यस्तो छ कार्यतालिका

4.3K
SHARES
फागुन २१ को प्रतिनिधिसभा चुनाव: यस्तो छ कार्यतालिका

काठमान्डु । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीका कामलाई थप गति दिएको छ । अब चुनावका लागि मात्र ९० दिन बाँकी रहँदा राजनीतिक दलहरू पनि आन्तरिक रणनीति र तयारीमा केन्द्रित भएका छन् ।

आयोगले शनिबारदेखि समानुपातिक प्रणालीतर्फका कार्यतालिका औपचारिक रूपमा सुरु गर्ने भएको छ । तय गरिएको कार्यक्रमअनुसार मंसिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिन सक्नेछन् । दर्ता आवेदनहरूको सूची मंसिर २४ गते सार्वजनिक गरिनेछ ।

समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची आगामी पुस १३ र १४ गते पेश गर्नुपर्नेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुसमा दर्ता गरिएका बन्दसूचीहरूको अन्तिम रूप भने माघ ३० मा प्रकाशित हुनेछ ।

प्रत्यक्ष निर्वाचन प्रणालीका लागि माघ ६ गते उम्मेदवार मनोनयन दर्ता गरिनेछ । सोही दिन प्रारम्भिक उम्मेदवार सूची पनि सार्वजनिक हुनेछ ।
मनोनयनविरुद्ध उजुरी दिने अवधि माघ ७ गते तोकिएको छ । माघ ८ गते संशोधित नामावली प्रकाशित भएपछि माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिन्ह उपलब्ध गराइनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP