मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा चुनाव: दल दर्ताको आज अन्तिम दिन

1.9K
SHARES
प्रतिनिधिसभा चुनाव: दल दर्ताको आज अन्तिम दिन

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दल दर्ता प्रक्रिया तीव्र बनेको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार सकिँदै छ भने नयाँ दल दर्ताको समय यसअघि नै मंसिर ७ गते समाप्त भइसकेको छ ।

नयाँ ३६ दल दर्ता भएसँगै देशभर दर्ता राजनीतिक दलहरूको कुल संख्या १३२ पुगेको छ । निर्वाचन आयोगमा मंगलबार मात्रै नेकपा एमालेसहित १६ दलले आफ्नो दर्ता प्रक्रिया पूरा गरेका थिए । यससँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न दर्ता भएका दलहरूको संख्या ८० पुगेको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता माघ ६ गते हुनेछ । मनोनयन दर्ता, उम्मेदवारको अन्तिम सूची प्रकाशनदेखि मतदानसम्मका सम्पूर्ण प्रक्रिया आयोगले चरणबद्ध रूपमा अघि बढाउँदै छ । दलहरू अहिले आन्तरिक तयारी, गठबन्धन निर्माण, उम्मेदवार छनोट र अभियान रणनीतिमा केन्द्रित देखिन्छन् ।

यता, समानुपातिक तर्फको निर्वाचन कार्यक्रम भने यही मंसिर २१ गतेदेखि सुरु हुँदैछ । सोही दिन समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलहरूले आयोगमा निवेदन दिनुपर्नेछ । समानुपातिकतर्फ दर्ता हुने दलहरूको संख्या अझै बढ्ने आयोगको अनुमान छ ।

चुनाव नजिकिँदै जाँदा पुराना तथा नयाँ दलहरूको चहल–पहल बढेको छ । विश्लेषकहरूका अनुसार राजनीतिक समीकरणहरू फेरबदल हुने, नयाँ शक्ति उदाउने र पुराना दलहरूबीच प्रतिस्पर्धा तीव्र हुने संकेत देखिन थालेका छन् । जनताले पनि स्थिरता, सुशासन र विकासका एजेण्डालाई प्राथमिकतामा राखेर दलहरूको प्रतिबद्धता मूल्यांकन गर्न थालेको देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १०, बुधबार ०६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP