मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता संख्या बढ्दै

2.1K
SHARES
प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता संख्या बढ्दै

काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया तीव्र बन्दै गएको छ । निर्वाचन आयोगले सोमबारदेखि सुरु गरेको दर्ता प्रक्रियाअन्तर्गत दुई दिनमै १७ राजनीतिक दल दर्ता भइसकेका छन् ।

मङ्गलबार मात्र ५ दल दर्ता भएका छन् । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबार दर्ता भएका दलहरूमा हुकुमबहादुर लामा नेतृत्वको नेपाल जनता संरक्षण पार्टी, चन्द्रप्रकाश (सीपी) मैनाली नेतृत्वको नेकपा (माले), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), त्रिभुवननाथ पाठक नेतृत्वको नेपाल जनता पार्टी र विजयप्रकाश निषाद नेतृत्वको राष्ट्रिय समता पार्टी नेपाल रहेका छन् ।

यसअघि सोमबार पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसहित १२ दल दर्ता भएका थिए । आयोगले प्रतिनिधिसभामा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता अनिवार्य रूपमा गर्नुपर्ने सूचना सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता संख्या ४ पुग्यो
त्यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता हुने दलको संख्या ४ पुगेको आयोगले जनाएको छ । सोमबार ३ दल दर्ता भएका थिए भने मङ्गलवार जसपा थपिएपछि संख्या ४ भएको हो । राष्ट्रिय सभा चुनावका लागि दल दर्ताको अन्तिम मिति मंसिर ७ गते तोकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ३, बुधबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP