मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन अन्तिम सातादेखि ‘ए डिभिजन लिग’ गर्ने एन्फाको प्रस्ताव

2K
SHARES
फागुन अन्तिम सातादेखि ‘ए डिभिजन लिग’ गर्ने एन्फाको प्रस्ताव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग फागुनको अन्तिम सातादेखि सुरु गर्ने प्रस्ताव सरकारसमक्ष पेस गरेको छ ।

खेलकुद मन्त्री बब्लु गुप्ताको संयोजनमा मन्त्रालयमा भएको छलफलमा एन्फा पदाधिकारी, ए डिभिजन क्लबका प्रतिनिधि र नेपाल फुटबल खेलाडी संघका पदाधिकारीहरू सहभागी थिए । छलफलमा मन्त्री गुप्ताले सबैको धारणा सुनेपछि लिग मिति प्रस्ताव गर्न एन्फालाई अनुरोध गरेका थिए ।

एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङले १२० दिनभित्र लिग सम्पन्न गर्न सकिने बताउँदै फागुन अन्तिम साता लिग सुरु गर्ने प्रस्ताव राखेका थिए ।

यो सिजनको ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नहुने भए पनि, एकभन्दा बढी मैदानमा खेलहरू गराउने योजना एन्फाले अघि सारेको छ । लिग ‘राबल राउन्ड’ ढाँचामा हुने प्रस्ताव गरिएको छ ।

अब मन्त्रालयले १४ ए डिभिजन क्लबहरूसँग छुट्टाछुट्टै परामर्श गरेर अन्तिम निर्णय लिनेछ । त्यसपछि एन्फालाई आधिकारिक निर्देशन दिने तयारी छ ।

यसअघि एन्फा र १४ क्लबबीच पुसको पहिलो सातादेखि राष्ट्रिय लिग सञ्चालन गर्ने सहमति भएको थियो । राष्ट्रिय लिगमा अघिल्लो संस्करणका शीर्ष ६ क्लब र एन्फा प्रेसिडेन्ट लिगका शीर्ष ४ टोलीसहित १० टोली सहभागी हुने तयारी थियो ।

तर, सो सहमतिको विरोधमा नेपाल फुटबल खेलाडी संघले सडक आन्दोलन थालेपछि एन्फा मुख्यालयमा धर्ना दिएको थियो । खेलाडी संघले ए डिभिजन लिग तत्काल गर्नुपर्ने माग गर्दै प्रत्यक्ष प्रसारणको व्यवस्था नभएसम्म वार्तामा नबस्ने अडान लिएको थियो ।

अब एन्फाले ए डिभिजन लिगका लागि नयाँ प्रस्ताव अघि सारेसँगै राष्ट्रिय लिग भने पछाडि धकेलिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २५, मंगलवार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP