मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि सात आधारमा छनोट हुने

3.1K
SHARES
एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि सात आधारमा छनोट हुने

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटका सात मापदण्ड तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत ती आधारहरू मातहतका सबै कमिटीहरूमा पठाइएका छन् ।

एमाले केन्द्रीय सचिवालयले यसअघि मंसिर १३ गते देशव्यापी रूपमा प्रतिनिधि छनोटको कार्यतालिका सार्वजनिक गरेको थियो । अध्यक्ष ओलीको हस्ताक्षरयुक्त नयाँ निर्देशन अनुसार महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेको वैध सदस्यता अनिवार्य मानिनेछ । साथै, भूगोल परिवर्तन गर्न चाहने सदस्यहरूले कात्तिक मसान्तभित्र सदस्यता स्थानान्तरण पूरा गर्नुपर्ने उल्लेख छ ।

अपानिअनुसार पदेन प्रतिनिधि रहेका आयोजकहरू भने प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन् । बाँकी सबै सदस्यहरूले भने तोकिएको एउटै क्लस्टरमा भाग लिएर प्रतिनिधि छनोटमा भाग लिन सक्ने व्यवस्था गरिएको छ ।

दलित र श्रमिक क्लस्टरमा रहेका सदस्यहरूको विवरण जिल्ला तथा प्रदेश कमिटीहरूले एक हप्ता अगावै सार्वजनिक गर्नुपर्नेछ । जनसंगठनमा रहने सदस्यहरूले आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने व्यवस्था पनि निर्देशनमा समावेश गरिएको छ ।

प्रतिनिधि छनोटका क्रममा कुनै विवाद वा अस्पष्टता देखिएमा केन्द्रीय सङ्गठन विभागसँग सम्पर्क गर्न भनिएको छ । तर विवादका नाममा तोकिएको संख्याभन्दा बढी प्रतिनिधि पठाए ती मान्य नहुने एमालेको स्पष्ट चेतावनी छ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, अपानि मातहतका कमिटीहरूमा पुगेपछि जिल्ला कमिटीहरूले संघीय निर्वाचन क्षेत्रका आधारमा प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउनेछन् ।

एमालेका अनुसार, ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य, विभिन्न निकाय, भूगोल, क्लस्टर र मनोनीत गरी जम्मा २ हजार १२७ जना प्रतिनिधि सहभागी हुनेछन् । चयन भएका प्रतिनिधिहरूले फोटोसहितको विवरण सङ्गठन विभागले तोकेको ढाँचामा भरेर केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार ०६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP