मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस नेता रामहरि खतिवडालाई पितृ शोक

2.3K
SHARES
कांग्रेस नेता रामहरि खतिवडालाई पितृ शोक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता रामहरि खतिवडाको परिवारमा शोक छाएको छ । उनका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो ।

परिवारका नजिकका स्रोतका अनुसार, जीवनाथ खतिवडा लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उपचारका क्रममा स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनी अन्ततः गएराति आफ्नै निवास डिल्लिबजारमा निधन भएका हुन् ।

रामहरि खतिवडाले सामाजिक सञ्जालमार्फत पिताको निधनप्रति गहिरो शोक व्यक्त गर्दै स्मरण गरेका छन् । उनले लेखेका छन्, “हाम्रो परिवारका अभिभावक, जीवनभर इमानदारी र आत्मसम्मानका प्रतीक रहनुभएका बुबालाई हामीले गुमाएका छौं । उहाँको सादगी, श्रम र सत्यनिष्ठा हाम्रो जीवनको प्रेरणाको स्रोत रहिरहनेछ ।”

स्वर्गीय खतिवडा शिक्षाप्रेमी र समाजसेवी व्यक्तित्वका रूपमा पनि चिनिन्थे । गाउँबाट नै शिक्षा र सामाजिक विकासका अभियानमा लाग्दै उनले समाजमा सकारात्मक योगदान पुर्‍याएका थिए । गाउँघरका मानिसहरू उनका इमानदार व्यवहार र सहानुभूतिपूर्ण स्वभावका कारण अझै सम्झिन्छन् ।

परिवारका सदस्यहरूले जनाएअनुसार, जीवनाथ खतिवडाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केही समय डिल्लिबजारस्थित निवासमा राखेर त्यसपछि आज बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी छन् । परिवारजन, नातागोता, शुभचिन्तक र राजनीतिक सहकर्मीहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १७, सोमबार ०५:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP