मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

3.3K
SHARES
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) सहित एकीकरणको दिशा तय गरेको हो ।

नेता जगन्नाथ खतिवडाका अनुसार बैठकले एकता गर्ने सर्वसम्मत निर्णय गर्दै बाँकी गृहकार्य र मिल्न बाँकी विषयहरू टुंग्याउने जिम्मा सचिवालयलाई दिएको छ ।

बैठकमा माओवादी केन्द्रसँग नीति र नेतृत्वको विषयमा प्रारम्भिक सहमति भइसकेको बताइएको छ । प्रस्तावित संरचना अनुसार बहुपदीय ढाँचा नराखी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक रहने तयारी भएको हो ।

नयाँ पार्टीको नाम “नेकपा (समाजवादी)” राख्ने प्रस्ताव गरिएको छ, यद्यपि नाम र चुनाव चिन्हबारे छलफल अझै जारी छ । पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै, नेपाली विशेषताको समाजवाद र दीर्घकालीन वैज्ञानिक समाजवादको बाटो अघि बढाउने नीति लिएको बताइएको छ ।

तर, एकीकरण प्रक्रियामा सबै नेताहरू सहभागी हुने छैनन् । वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, घनेन्द्र बस्नेत, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेललगायत कम्तीमा १४ जना नेताहरूले एकता प्रक्रियामा नजाने घोषणा गरिसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार १४:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP