मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुग्लिन–नारायणगढ सडकमा सात सवारी आपसमा ठोक्किँदा २१ घाइते, दुईको अवस्था गम्भीर

1.7K
SHARES
मुग्लिन–नारायणगढ सडकमा सात सवारी आपसमा ठोक्किँदा २१ घाइते, दुईको अवस्था गम्भीर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा शनिबार बिहान भएको बहु–सवारी दुर्घटनामा घाइते भएका २१ जना सबैको पहिचान खुलेको छ । बिहान करिब ७ बजे सातवटा सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना घटेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुई जना गम्भीर घाइते रहेका छन् । गम्भीर घाइतेमा खैरहनी नगरपालिका–स्थित जुना तामाङ र रत्ननगर नगरपालिकाकी सरु चेपाङ छन् । दुबै जनाको उपचार भरतपुरस्थित नेसनल सिटी अस्पतालमा भइरहेको छ ।

यीबाहेक तनहुँको देवघाट गाउँपालिका–५ निवासी ५२ वर्षीय युवराज साखी, शर्मिला साखी र अर्चना साखी घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–७ का अजय स्याङ्तान पनि घाइते मध्येमा परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रकाश पाण्डे, पवित्रा पाण्डे, प्रज्ञा पाण्डे, आसुतोष पाण्डे, कलश पाण्डे, पुष्पा भण्डारी पनि घाइते छन् । चितवनको खैरहनी नगरपालिका–२ का कृपा नेपाल, केदार नेपाल, काव्य नेपाल, इस्मिरिका राना मगर र काठमाडौंकी १८ वर्षीया कला दुर्लाकोटी पनि घाइतेहरूको सूचीमा परेका छन् ।

यीमध्ये अधिकांशको उपचार नेसनल सिटी अस्पतालमा भइरहेको छ ।

बा.४ ख ७४२० नम्बरको बसमा सवार नवलपरासी, कावासोतीका श्रीराम रानाभाट, पार्वती रानाभाट, निशान रानाभाट र विपिन्सा रानाभाट घाइते भएका छन् । उनीहरूको उपचार मुग्लिनस्थित जनता केयर अस्पतालमा भइरहेको छ ।

नेसनल सिटी अस्पताल भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेजमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ४ जना गरी कुल २१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना.८ ख ६६२९ नम्बरको ट्रक मुग्लिनतर्फबाट नारायणगढ आउँदै थियो भने बा.४ ख ७४२० नम्बरको बस विपरीत दिशाबाट जाँदै गर्दा ठोक्किएका थिए ।

त्यसपछि बसका पछाडिबाट आइरहेका ना.७ ख ९६०७ नम्बरको टेलर, बागमती प्रदेश ०६–००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रो, ग.२ ख १६२६ नम्बरको बस, ना.३ च ३२५६ नम्बरको बलेरो र बीएबी ८४७० नम्बरको कार एकपछि अर्को गरी ठोक्किएका थिए ।

प्रहरीका अनुसार दुर्घटनापछि अवरुद्ध सडक अहिले खुलाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १, शनिबार ०७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP