मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्राधिकरणको कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण

1.1K
SHARES
प्राधिकरणको कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो ।

सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ ।

गत २०८१ चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । तर, पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङले फेरि शाक्यलाई हटाउँदै आफ्नो नजिकका सहयोगी मानिने सिलवाललाई जिम्मेवारी दिएका छन् ।

घिसिङ ऊर्जा मन्त्रालयमा आएयता शाक्यलाई हटाउने चर्चा चल्दै आएको थियो । दक्षिण कोरियामा रहेका शाक्य शुक्रबार मात्र नेपाल फर्किएका थिए । आइतबार उनले ऊर्जा मन्त्रीलाई भेटी प्राधिकरणको कामबारे जानकारी दिँदै निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । तर, केही घण्टामै उनी पदबाट हटाइए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ११:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP