मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पाको टिमको विजय

2.2K
SHARES
नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पाको टिमको विजय

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा अध्यक्ष निर्वाचित भएका छन् । सत्ता गठबन्धनको समर्थनमा उभिएका कुलबहादुर गुरुङलाई पराजित गर्दै फुरले ३४२ मतसहित विजय हासिल गरेका हुन् । गुरुङले २८८ मत पाए ।

शेर्पा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूका साझा उम्मेदवार हुन् ।

अध्यक्षसहित अधिकांश पदमा शेर्पा नेतृत्वको टिम विजयी भएको छ भने प्रथम उपाध्यक्ष र एक सदस्य पदमा भने विपक्षी उम्मेदवार विजयी बनेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित निर्वाचित भए भने प्रतिस्पर्धी टिका गुरुङ २५८ मतमा सीमित भए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत ल्याउँदै काजी शेर्पालाई पराजित गरे । द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए ।

महासचिव पदमा राजेन्द्रबहादुर लामा ३१८ मत ल्याएर निर्वाचित भए भने सचिवमा चन्दन थापाले ३५८ मत पाउँदै सफलता हात पारे । कोषाध्यक्ष पदमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४–३०४ मत पाएपछि आधा–आधा कार्यकाल गर्ने सहमति भएको छ ।

सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे निर्वाचित भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०४:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP