मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“८४ को चुनावमा विचार र व्यवहारको बलमा प्रतिस्पर्धा गर्नेछौँ” :विप्लव

2.5K
SHARES
“८४ को चुनावमा विचार र व्यवहारको बलमा प्रतिस्पर्धा गर्नेछौँ” :विप्लव

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अब एउटा केन्द्रित र सही विचार बोकेको कम्युनिस्ट पार्टी आवश्यक रहेको बताएका छन् । उनले सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबीच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण गर्नु जरुरी भएको बताए ।

पार्टीको कार्यक्रममा सम्बोधन गर्दै विप्लवले भने, “यो कुनै पार्टीमा गएर मिल्ने वा कसैलाई खाने कुरा होइन, यो देशको आवश्यकता हो । माओवादी आन्दोलनलाई एकताबद्ध गर्न हामी तयार छौँ । तर पुराना दृष्टिकोणमा घुमेर होइन, नयाँ विचार र आधारमा एकता आवश्यक छ ।”

आगामी २०८४ को चुनावमा पार्टीले पैसाको बलमा नभई विचार र व्यवहारको बलमा प्रतिस्पर्धा गर्ने उनले बताए । विप्लवले प्रमुख राजनीतिक दलहरूले समाजवादको नारालाई खोक्रो बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको आरोप लगाए ।

उनले भने, “नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको छ । देश दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चंगुलमा फसेको छ । कांग्रेसभित्रको भ्रष्टाचारको कुरा अर्को कांग्रेसले भन्छ, एमालेका नेताहरूले एक अर्काको भ्रष्टाचारी सूची सार्वजनिक गर्छन्, माओवादीभित्र कोही अरबपति भइसकेको, कोही सडकमा छ । यसले जनतालाई वाक्क बनाएको छ ।”

विप्लवका अनुसार, पुराना पार्टी र नेताहरूको काम नसकेको देख्दा अब जनता नयाँ विकल्प खोज्नेतर्फ उन्मुख भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार ०७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP