मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनसरीमा बस–विङ्गर दुर्घटना, ३ जनाको मृत्यु, १६ घाइते

2.3K
SHARES
सुनसरीमा बस–विङ्गर दुर्घटना, ३ जनाको मृत्यु, १६ घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृतकमध्ये दुई पुरुष र एक महिला छन्, जसको पहिचान अझै खुलेको छैन । घाइतेहरूलाई इनरुवा, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

बस चालक गोपाल अधिकारी (झापा, अर्जुनधारा नगरपालिका–१) लाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP