मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदीय दलमा पराजयपछि लामाको प्रतिक्रियाः “राजीनामा दिनुपर्ने कुनै कारण छैन”

3.5K
SHARES
संसदीय दलमा पराजयपछि लामाको प्रतिक्रियाः “राजीनामा दिनुपर्ने कुनै कारण छैन”

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ विजयी भएपछि पछिल्लो राजनीतिक घटनाक्रममा चासो बढेको छ । दलको नेताका रुपमा पराजित भएका वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले भने आफूले तत्काल राजीनामा दिने कुनै कारण नरहेको बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले संविधानअनुसार आफू अगाडि बढ्ने स्पष्ट पारे । “राजीनामा दिनुपर्ने कुनै कारण छैन । संविधानअनुसार जे व्यवस्था छ, त्यसैअनुसार अघि बढिन्छ,” लामाले भने ।

एमालेले कांग्रेस दलको निर्णयलाई मान्ने घोषणा गरिसकेको सन्दर्भमा लामाले संविधानको धारा १६८(२) उल्लेख गर्दै आफ्नो सरकार स्थिर रहेको जिकिर गरे । “यो सरकार संविधानको धारा १६८(२) अनुसार गठन भएको हो, जसमा दलको नेता हुनैपर्छ भन्ने छैन,” उनले भने, “त्यसैले दुई वर्षसम्म यो सरकारलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन मिल्दैन ।”

सञ्चारकर्मीले अघिल्लो कार्यकालमा दलको नेता भएपछि मात्र मुख्यमन्त्री बन्नुपर्ने भनाइ सम्झाएका थिए । जवाफमा लामाले त्यो भनाइ संविधानको धारा १६८(३) अन्तर्गतको अवस्था (एकल बहुमतको सरकार) का लागि हो भनी प्रष्ट्याए । “अहिलेको सरकार मिलिजुली सरकार हो, त्यसैले त्यसअनुसार प्रक्रिया अघि बढेको हो,” उनले स्पष्ट पारे ।

एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरिरहेको चर्चा छ । त्यसबारे लामाले टिप्पणी गर्न नमाने पनि संविधानले नै मार्गदर्शन गर्ने बताए । “संविधान सबैभन्दा माथि हो । दलहरूको निर्णयभन्दा संविधान बलियो हुन्छ,” उनले भने ।

“मन्त्रीहरू फिर्ता बोलाएपछि तपाईं एक्लै पर्नुहुन्छ कि?” भन्ने प्रश्नमा भने लामाले छोटो प्रतिक्रिया दिए, “त्यसबेला त्यसैबेला हेर्ने हो ।”



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ११:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP