मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपेन्द्र यादवको कटाक्षः ‘सगोत्रीलाई जोगाउने, मधेशीलाई हटाउने ओली नीति’

2.9K
SHARES
उपेन्द्र यादवको कटाक्षः ‘सगोत्रीलाई जोगाउने, मधेशीलाई हटाउने ओली नीति’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । सरकारलाई समर्थन फिर्ता गरेलगत्तै यादवले सत्ताको चरित्रप्रति गम्भीर प्रश्न उठाउँदै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको नीतिगत पक्षपातको आलोचना गरेका हुन् ।

बुधबार संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिएको भोलिपल्ट, बिहीबार, यादवले एक फेसबुक पोस्टमार्फत भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीलाई प्रधानमन्त्रीले जोगाउन खोजेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’को राज रहुञ्जेल उनका सगोत्री पार्टनरलाई जे गरे पनि छुट छ ।’

यादवको आक्रोश यसकारण झन् चर्किएको देखिन्छ, किनभने केही दिनअघि मात्र ७८ लाख घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, जो मधेशी समुदायका हुन्, राजीनामा दिन बाध्य पारिए । यादवले यो घटनालाई सगोत्रीय भेदभावको स्पष्ट उदाहरणको रूपमा देखेका छन् ।

‘गुप्ताजीको जस्तै केसमा अडियो काण्डमा बलराम अधिकारी पनि मुछिएका छन् । तर उनी सगोत्री भएकाले मौनता छ, संरक्षण छ,’ यादवले टिप्पणी गरेका छन् ।

उनले सत्तामा समुदायगत विभेद र वर्गीय पक्षपात गहिरिँदै गएको दाबी गर्दै भनेका छन्, ‘यदि विवादमा मुछिएका मन्त्री मधेशी, थारु, दलित वा जनजाति समुदायका हुन्थे भने ‘बा’ ले तुरुन्त राजीनामा माग्थे ।’

मन्त्री अधिकारीको अडियो टेप सार्वजनिक भइसकेको अवस्थामा पनि कुनै कारबाही नहुनु ओली नेतृत्वको ‘सगोत्रीय संरक्षणवाद’ को प्रमाण भएको उनको आरोप छ ।

उपेन्द्र यादवको यो धारिलो प्रतिक्रिया जसपाको सरकारसँगको टकराव मात्र होइन, सत्तामा गहिरिंदो असन्तोष र भेदभावबारे सार्वजनिक चुनौती पनि हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १, बिहीबार ११:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP