मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सुको जोखिम

663
SHARES
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सुको जोखिम

काठमाडौं । देशका पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा अन्य भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ।

कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा देशका पहाडी तथा तराई भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली हुने महाशाखाको अनुमान छ।

राति मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराई तथा मधेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्नेछ।

तराईका विभिन्न क्षेत्रमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले बिहानको समयमा सडक तथा हवाई यातायातमा समेत सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १८, आईतवार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP