मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोसी नदीमा बाढीको बहाव बढेको सूचना, रसुवा–नुवाकोट–धादिङमा सतर्कता अपनाउन आग्रह

273
SHARES
भोटेकोसी नदीमा बाढीको बहाव बढेको सूचना, रसुवा–नुवाकोट–धादिङमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको सूचना प्राप्त भएपछि नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, रसुवाबाट आज (आइतबार) बिहान भोटेकोसी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको जानकारी आएको हो ।

प्राधिकरणले बिहानै सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका नदी आसपासका बस्ती तथा क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, घटनासम्बन्धी थप विवरण प्राप्त भएलगत्तै सार्वजनिक गर्दै जाने प्राधिकरणले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि प्राधिकरणको उक्त सूचना सम्प्रेषण गर्दै नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १४, आईतवार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP