मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, सात दिनभित्र प्रतिवेदन दिने छानबिन समिति गठन

468
SHARES
एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, सात दिनभित्र प्रतिवेदन दिने छानबिन समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको विषय सार्वजनिक भएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गर्दै तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बिहान दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले ‘एमबीएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र सेयर गरेका थिए । यही प्रश्नपत्र पछि सामाजिक सञ्जालका विभिन्न माध्यममा फैलिएको थियो ।

साउन ८ गते सञ्चालन भएको उक्त परीक्षाको प्रश्नपत्र चुहिएको भन्दै ‘टियु स्टुडेन्ट्स’ नामक फेसबुक पेजले सम्बन्धित ह्वाट्सएप समूहका स्क्रिनसट सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएको थियो ।

घटनापछि व्यवस्थापन संकायको डीन कार्यालयले साइबर ब्यूरोलाई औपचारिक रूपमा अनुसन्धानका लागि पत्राचार गरेको थियो । साथै, परीक्षा नियन्त्रण महाशाखाले घटनाको वास्तविकता पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन् । समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको त्रिविले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १०, आईतवार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP