मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

होर्मुज जलक्षेत्रबाट एक जना नेपाली इरानी सेनाको कब्जामा

871
SHARES
होर्मुज जलक्षेत्रबाट एक जना नेपाली इरानी सेनाको कब्जामा

काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच रणनीतिक रूपमा संवेदनशील मानिने होर्मुज जलक्षेत्रमा कार्यरत एक नेपाली नागरिक इरानी सेनाको नियन्त्रणमा परेका छन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त घटनाको पुष्टि गरेको हो। मन्त्रालयअन्तर्गत पश्चिम एसिया महाशाखाका प्रमुख तथा सहसचिव रामकाजी खड्काका अनुसार जहाजमा कार्यरत नेपाली नागरिक अमृत झालाई इरानी सेनाले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।

झा पानीजहाजमा चालक दलका सदस्यका रूपमा कार्यरत थिए। तर, उनको नेपालस्थित ठेगाना भने हालसम्म खुल्न नसकेको मन्त्रालयले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको र सम्बन्धित निकायहरूसँग समन्वय जारी रहेको मन्त्रालयको भनाइ छ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ६, शुक्रबार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP