मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गगन थापा सभापतिमा निर्विरोध निर्वाचित

1.5K
SHARES
गगन थापा सभापतिमा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको हो ।

विशेष महाधिवेशनले सभापतिसहित सम्पूर्ण पदाधिकारीहरूलाई पनि सहमतिका आधारमा चयन गरेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार राति विशेष महाधिवेशन हलमा नवनिर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक गरेका थिए । उनका अनुसार पार्टी नेतृत्वलाई एकताबद्ध ढंगले अगाडि बढाउने उद्देश्यका साथ सबै पदमा सहमति जुटाइएको हो ।

नवनिर्वाचित कार्यसमितिअनुसार उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल चयन भएका छन् । यस्तै महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल निर्वाचित भएका छन्। सहमहामन्त्री पदमा विभिन्न क्लस्टरबाट फरमुल्लाह मन्सुर (मुस्लिम), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन भएका छन् ।

यसअघि सभापति शेरबहादुर देउवासँग आइतबार बिहानदेखि भएको लामो वार्ता सहमतिमा पुग्न नसकेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाएको थियो । विशेष महाधिवेशन पक्षले देउवालाई पार्टीको सक्रिय भूमिकाबाट अलग राख्दै कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरी उनकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । तर देउवा पक्षले उक्त प्रस्ताव अस्वीकार गरेपछि विवाद चर्किएको थियो ।

त्यसपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । यस निर्णयले सहमतिका सबै सम्भावना समाप्त भएको विशेष महाधिवेशन पक्षको ठहर छ ।

सहमतिको ढोका बन्द भएको निष्कर्षसहित विशेष महाधिवेशनले निर्वाचन प्रक्रियालाई अन्तिम रूप दिँदै नयाँ नेतृत्व चयन गरेको हो ।

निर्वाचित पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूको सूची :

क्र.सं. पदको विवरण संख्या नाम थर
केन्द्रीय सभापति पदका लागि एक (१) गगन कुमार थापा
केन्द्रीय उपसभापति पदका लागि दुई (२) विश्व प्रकाश शर्मा
पुष्पा भुषाल
केन्द्रीय महामन्त्री पदका लागी दुई (२) प्रदिप पौडेल
गुरु राज घिमिरे
केन्द्रीय सह-महामन्त्री (महिला) पदका लागि एक (१) डा. डिला संग्रौला पन्त
केन्द्रीय सह-महामन्त्री (दलित) पदका लागि एक (१) प्रकाश रसाईली स्नेही 
केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) पदका लागि एक (१) बहादुर सिंह लामा
केन्द्रीय सह-महामन्त्री (खसआर्य) पदका लागि एक (१) उदय शम्शेर राणा
केन्द्रीय सह-महामन्त्री (मधेशी) पदका लागि एक (१) मुक्ता कुमारी यादव
केन्द्रीय सह-महामन्त्री (मुस्लिम) पदका लागि एक (१) फर्मुल्ला मन्सुर
१० केन्द्रीय सह-महामन्त्री (थारु) पदका लागि एक (१) योगेन्द्र चौधरी
११ केन्द्रीय सह-महामन्त्री (पिछडीएको) पदका लागि एक (१) कर्ण बहादुर बुढा
१२ केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५) गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम 
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
१३ केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९) चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
१४ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि १ (एक) सारदा देवी कोईराला
१५ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य
अग्नी पौडेल 
१६ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि १ (एक) मधु शाही
१७ केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव
बजरंग नेपाली
१८ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि १ (एक) उमा दाहाल 
१९ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ
रमेश धमाला
२० केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे
२१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया
कृष्ण के.सी.
२२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि १(एक) पवित्रा कुमारी अर्याल
२३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य
राम बहादुर कार्की
२४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि १ (एक) रााम देबि खड्का
२५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही 
नारायण भट्टराई 
२६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि १ (एक) निपा चोख्याल
२७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि २(दुई) हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ
२९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई
३० केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि ४ (चार) सिता मिजार
छायाँ सुनार 
गंगा सुनार
लिला नेपाली
३१ केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात) सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा 
३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि ८ (आठ) तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
३४ केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
३५ केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि ७ (सात) विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
३६ केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि ४ (चार) अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
३७ केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि ५(पाँच)

 

राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि १ (एक) सनम वेगम
३९ केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि २ (दुई) अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
४० केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि २ (दुई) नवोदिता चौधरी
सुनिता राना
४१ केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागि दुई २ सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपक जंग शाह

 



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १, बिहीबार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP