मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्ड आज नयाँ दिल्ली जाँदै

1.7K
SHARES
प्रचण्ड आज नयाँ दिल्ली जाँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्दै छन् । राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

नेपाली समाज भारतको आयोजनामा हुने कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा उनले भारतमा बसोबास गरिरहेका नेपाली समुदायका साझा सरोकार, प्रवासी नेपालीका समस्या र सम्भावना तथा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा धारणा राख्ने कार्यक्रम छ ।

प्रचण्डको भारत भ्रमण छोटो रहने छ। उनी भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ । सचिवालयका अनुसार भारतमा अन्य कुनै औपचारिक वा राजनीतिक भेटघाटको कार्यक्रम तय गरिएको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २०, आईतवार ०६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP